Class 8 Science unit 2 All exercise || कक्षा ८ विज्ञान तथा प्रविधि || Class 8 Science Guide
२. सूचना तथा सञ्चार प्रविधि
(Information and Communication Technology)
1. तलका प्रश्नका सही विकल्प छनोट गर्नुहोस् :
(क) सेटटप बक्स (STB) को मुख्य काम कुन हो ?
(अ) डिजिटल सिग्नल प्राप्त गर्ने
(आ) डिकोड गर्ने
(इ) टेलिभिजन च्यानललाई डिस्प्ले गर्ने
(ई) माथिका सबै
(ख) वेवसाइटको निश्चित ठेगानालाई के भनिन्छ ?
(अ) www
(आ) URL
(इ) wave page
(ई) wave browser
(ग) सामाजिक सञ्जाल जस्ता इलेक्ट्रोनिक माध्यम वा मोड प्रयोग गरेर डराउने, मान हानि गर्ने वा अन्य कुनै प्रकारको मानसिक पतन गर्ने कार्य कुन प्रकारको साइबर अपराध हो ?
(अ) पहिचान चोरी
(आ) साइबर बुलिङ
(इ) ह्याकिङ
(ई) व्यापार गोप्य
घ) बुद्धिमत्ता र मानवीय क्षमतालाई मेसिनको प्रयोगबाट सक्ने नवीनतम प्रविधि कुन हो ?
(अ) रोबोटिक्स
(आ) आर्टिफिसियल इन्टेलिजेन्स
(इ) अल रियालिटी
(ई) गुगल प्लस
(ङ) डिजिटल हस्ताक्षर र फिगर प्रिन्ट इन्टरनेट सुरक्षाको कुन उपायअन्तर्गत पर्छ ?
(अ) प्रमाणीकरण
(आ) ब्राउजर चयन
(इ) इमेल सुरक्षा
(ई) एन्टिभाइरस सफ्टवेयर
(च) क्लाउड कम्प्युटिङको फाइदा तलकामध्ये कुन हो ?
(अ) क्लाउड माइग्रेसन
(आ) आइटी सुशासन
(इ) ग्लोबल स्केल
(ई) अप्रत्याशित लागत
2. फरक छुट्याउनुहोस् ।
(क) प्रिन्टर र स्क्यानर
प्रिन्टर
१. कम्प्युटर वा अन्यत्रमा डिजिटल रुपमा भण्डारण गरिएका डकुमेन्टलाई कागजमा छाप्न प्रयोग गरिन्छ ।
२. प्रिन्टर एउटा आउटपुट डिभाइस हो ।
स्क्यानर
१. कागजमा छापिएका कुनै चित्र वा पाठ्यसामग्रीलाई डिजिटाइजगरी कम्प्युटरमा भण्डारण गर्न प्रयोग गरिन्छ ।
२. स्क्यानर एउटा ईन्पुट डिभाइस हो ।
(ख) सर्च इन्जीन र वेबसाइट
सर्च इन्जीन
१. World wide web मार्फत सूचना खोजीगर्ने एउटा सञ्चार प्रोग्राम हो ।
२. कुनै पनि विषयमा जानकारी प्राप्त गर्न उक्त विशेष संग सम्बन्धीत वेबसाईटको ठेगानामा पाउन सर्च इन्जिनको प्रयोग गरिन्छ ।
वेबसाइट
१. वेबसाइट विभिन्न Web page संकलन गरिएको एउटा केन्द्रीय संस्था हो ।
२. विभिन्न संस्था सम्बन्धी जानकारी वा सूचना पाउन वेवसाइढको प्रयोग गरिन्छ ।
(ग) भर्चुअल वास्तविकता (VR) कृत्रिम बुद्धिमता (AI)
भर्चुअल वास्तविकता (VR)
१. भर्चुअल वास्तविकता कृत्रिम वातावरण विकास गर्ने कम्प्युटर प्रविधि हो ।
२.भर्चुअल वास्तविकतालाई शिक्षा, खेलकुद, चिकित्सा आदि क्षेत्रमा प्रयोग गरिन्छ ।
कृत्रिम बुद्धिमता (AI)
१. कृत्रिम बुद्धिमता एउटा उदियमान प्रविधि हो ।
२. कृत्रिम बुद्धिमता खगोल विज्ञान, स्वास्थ्य सेवा, सामाजिक मीडिया आदि क्षेत्रमा प्रयोग गरिन्छ ।
घ) कम्प्युटर आचारसहिता र साइबर कानून
कम्प्युटर आचारसहिता
१. कम्प्युटर आचारसहिता भनेको कम्प्युटर प्रविधिको प्रयोग गर्दा प्रविधिसम्बन्धी नीतिनियम पालना गर्नु हो ।
२.जस्तैः कम्प्युटरको गोपनीयता भङ्ग गर्नु ।
साइबर कानून
१.साइबर कानून भनेको इन्टरनेटका तत्व जस्तै कम्प्युटर, सफ्वेयर, हाडवेयर र सूचना प्रणालीसँग सम्बन्धित कानुनको क्षेत्र साइबर कानून हो ।
२. जस्तै: कम्प्युटरको गोपनीयता भङ्ग गरेकोमा सजाय पाउनु ।
(ङ) रोबोटिक मानव र मानव
रोबोटिक मानव
१. रोबोटिक मानवमा मेसिनहरु जडान गरिएका हुन्छन् ।
२. रोबोटिक मानवलाई मानिसहरुले जस्तो मस्तिष्कमा बनाएका हुन्छन् उस्तै काम गर्छ ।
मानव
१.मानवमा कुनै मेसिनहरु जडान गरिएको हुँदैन ।
२. मानिसको मस्तिष्क तर यस्तो हुँदैन ।
3. तलका प्रश्नको उत्तर दिनुहोस् :
क) एटिएम कस्तो प्रविधि हो ? यसका महत्वपूर्ण कार्य लेख्नुहोस् ।
उत्तर: एटीएम एक इलेक्ट्रोमेकानिकल प्रविधि हो । जसले ग्राहकलाई नगद निकाल्ने, नगद निक्षेप गर्ने, बिल भुक्तानी र खाताबाट खातामा नगद स्थानतरण गर्ने, जस्ता छिटो सजिलो र स्वचालित सेवा प्रदान गरी कारोबारहरु संचालन गर्ने काम गर्दछ ।
ख) फोटोकपी मेसिनका विभिन्न भागको सूची तयार पार्नुहोस् ।
उत्तर: फोटोकपी मेसिनका विभिन्न भागको सूची:
- स्कयानर
- पिन्टर
- डकुमेन्ट फिडर
- कन्ट्रोल प्यानल
- लेजर प्रिन्टर वा कपियर
ग) प्रिन्टर के हो ? यसको काम छोटकरीमा उल्लेख गर्नुहोस् ।
उत्तरः प्रिन्टर एक आउटपुट डिभाइस हो । जसले कम्प्युटर वा अन्य उपकरणमा भण्डारण गरिएको इलेक्ट्रोनिक डाटा लिन्छ र हाडकपि उत्पन्न गर्छ । यसको मुख्य काम पाठ्यसामग्रीहरु र फोटो छाप्ने हो ।
घ) सर्च इन्जिन भनेको के हो ? उदाहरणसहित यसको आवश्यकताबारे प्रकाश पार्नुहोस् ।
उत्तर: www मार्फत सूचना खोजी गर्ने एउटा संचार प्रोग्रामलाइ सर्च इन्जिन भनिन्छ । अहिलेको युगेमा सर्च इन्जिनको ठुला आवश्यकता छ । जस्तैः कुनैपनि बिषयमा जानकारी प्राप्त गर्न उक्त विशेषसँगँ सम्बन्धी वेबसाइटको ठेगाना पाउन सर्च इन्जिनको आवश्यकता छ।
ङ) ISP का मुख्य विशेषता लेख्नुहोस् ।
उत्तर: ISP का मुख्य विशेषता निम्न छन् ।
1. ISP ले द्रुत गतिको इन्टरनेट सेवा प्रदान गर्छ ।
2. धेरैजसो ISP ले आफ्ना उपभोक्तालाई फिसिङ मालवेयर जस्ता समस्या विरुद्ध सुविधा प्रदान गर्छ ।
3. कैही ISP ले Web hosting सेवा पनि प्रदान गर्छन् ।
च) सोसल मिडियाका अवसर र फाइदा उल्लेख गर्नुहोस् ।
सोसल मिडियाका अवसरहरु :-
- Networking
- जानकारी
- निःशुल्क
- व्यापारिक अबसर
- सञ्चालक सामाजिकरण अवसर
- बिदेशी भाषा र संस्कृति अवसर
फाइदा :-
- विभिन्न प्रकारका नयाँ जानकारी प्राप्त गर्न सकिन्छ ।
- आफूलाई भिडियो अर्थात् विभिन्न लाइभ भिडियो हेर्न सकिन्छ ।
- भिडियो कल र अडियो कल पनि गर्न सकिन्छ ।
- फिल्म गित काटुन आदि हेर्न सकिन्छ ।
- विभिन्न सोसल मिडियाको प्रयोग गरेर पैसा पनी कमाउन सकिन्छ ।
(छ) साइबर अपराध भनेको के हो ? साइबर अपराधका रूप के के हुन् ?
उत्तर: इलेक्ट्रोनिक माध्यमबाट कसैको प्रतिष्ठामा हानी पुर्याउने शारीरिक वा मानसिक अघात निम्त्याउने ब्याक्ती समुह विरुद्ध हुने कुनै पनि अपराधलाई साइबर अपराध भनिन्छ ।
साइबर अपराधका सामान्य रूप :
- पहिचान चोरी
- साइबर बुलिङ
- ह्याकिङ
- मान हानी
- साइबर आतङ्कवाद
(ज) इन्टरनेट सुरक्षाका खतरा र यसवाट बच्ने उपाय उल्लेख गर्नुहोस् ।
इन्टरनेट सुरक्षाका खतरा :-
- कम्प्युटर वर्म
- फिसिम
- स्याम
- बोटनेट
- मालवेयर
यसबाट बच्ने उपाय निम्न छन् :-
- सुरक्षित ब्राउजर चयन
- प्रमाणीकरण
- इमेल सुरक्षा
- फायरवालको प्रयोग
- एन्टिभाइरस सफ्टवेयरको प्रयोग
(झ) कम्प्युटर आचारसंहिता भनेको के हो ?
- कम्प्युटर आचारसहिता भन्नाले कम्प्युटर प्रविधिको प्रयोग गर्दा प्रविधिसम्बन्धी नीतिनियमको पालना गर्नु हो।
(ञ) कृत्रिम बृद्धिमता (Artificial intelligence) भनेको के हो ? यसका महत्त्वपूर्ण उद्देश्य लेख्नुर्होस् ।
- कृतिम बुद्धिमत्ता एउटा उदीयमान प्रविधि हो जसले मेसीको प्रयोगबाट बुद्धिमात्ता मानवीय क्षमतालाई बुझेर कार्य गर्न सक्छ । यसको महत्वपूर्ण उद्देश्य मानवको दिमाखले जसरी काम गर्छ त्यसरी काम गर्नु हो ।
(ट) रोबोटिक्स भनेको के हो ? रोबोटले गर्ने केही महच्वपूर्ण कार्य उल्लेख गर्नुहोस् ।
- रोबोटिक्स कम्प्यूटर विज्ञान र इन्जिनियरिङको एक अन्तर शाखा हो जसले मेकानिकल इन्जिनियरिङ, इलेक्ट्रोनिकल इन्जिनियरिङ लगायत गणितका क्षेत्रलाई समेत एकीकृत गर्छ ।
यसका महत्वपूर्ण कार्य :-
- आगलागी नियन्त्रण गर्न
- कलकारखानामा मानिससँगै काम गर्न र अटोमोबाइल जस्ता साधन बनाउन
- वर्तमान समयमा अनलाइनबाट अडर गरिएका सामानको डेलिभर गर्न
- खतरनाक परिस्थिति जस्तै; बाढी, पहिरो भुकम्पको समयमा विचलित नभई काम गरी मानव जीवन बचाउन युद्धक्षेत्रमा राखिएका विस्फोटक पदार्थ निष्क्रिय पार्न आदि ।
(ठ) भर्चुअल वास्तविकता (virtual reality) भनेको के हो ? यसका क्षेत्रहरू लेख्नुहोस् ।
- Virtual reality कृतिम वातावरण विकास गर्ने कम्प्युटर प्रविधि हो । Virtual वास्तविकतामा मानव चेतना जस्तै दृष्टि गन्ध नक्कल गरेर कम्प्युटरलाई कृतिम संसारमा प्रवेशद्वाराका रूपमा सेवा गर्नका लागि डिजाइन गरिएको हुन्छ जसलाई भर्चुअल वास्तविकता भनिन्छ ।
यसका क्षेत्रहरू निम्न छन् :
- शिक्षा क्षेत्रमा
- खेलको क्षेत्रमा
- मानसिक स्वास्थ्यको क्षेत्रमा
- फेसनको क्षेत्रमा
- वास्तुकलाको क्षेत्रमा
(ड) क्लाउड कम्प्युटिङ (Cloud Computing) भनेको के हो ? यसका कुनै दुई सेवा लेख्नुहोस् ।
- क्लाउड कम्प्युटिङ भनेको इन्टरनेटको सहयोगबाट प्रदान गरिने एक प्रकारको कम्प्युटिङ सेवा हो । यसका कुनै दुई सेवा निम्न छन् ।
- कम लागत
- ग्लोबल स्केल
(ढ) हार्डकपीलाई सफ्टकपीमा रूपान्तरण गर्ने उपकरण कुन हो ?
- हार्डकपीलाई सफ्टकपीमा रूपान्तरण गर्ने उपकरण स्क्यानर हो ।
(ण) समुदायमा आधारित, अन्तरक्रिया, सामग्री साझेदारी र सामूहिक रूपलाई के भनिन्छ ?
- समुदायमा आधारित, अन्तरक्रिया, सामग्री साझेदारी र सहयोगका लागि समर्पित अनलाइन सञ्चार च्यानलको सामूहिक रूपलाई सोसल मिडीया भनिन्छ ।
(त) अनैतिक माध्यमवाट वेवसाइट वा कम्प्युटर नेटवर्क बन्द गर्ने वा दुरुपयोग गर्ने कार्यलाई के भनिन्छ ?
- अनैतिक माध्यमवाट वेवसाइट वा कम्प्युटर नेटवर्क बन्द गर्ने वा दुरुपयोग गर्ने कार्यलाई साइबर अपराध भनिन्छ ।
(थ) एक कम्प्युटरबाट अर्को कम्प्युटरमा प्रतिलिपि बनाउने सफ्टवेयर प्रोग्रामको नाम के हो ?
- एक कम्प्युटरबाट अर्को कम्प्युटरमा प्रतिलिपि बनाउने सफ्टवेयर प्रोग्रामको नाम कम्प्युटर वर्म हो ।
(द) साइबर अपराध र उत्पीडन विरुद्ध लड्ने कानुनी रूपरेखा लाई के भनिन्छ ?
उत्तर : साइबर अपराध र उत्पीडन विरुद्ध लड्ने कानुनी रूपरेखालाई साइबर कानुन भनिन्छ।
(ध) बिस्तृत रूप लेख्नुहोस् :
(i) ATM = Automatic Teller Machine
(ii) WWW = World Wide Web
(iii) URL = Universal Resource location
(iv) WiFi = Wireless Fidelity
(v) ISP = Internet Service Provider
(vi) Al = Artificial Intelligence
(vii) VR = Virtual Reality

Comments
Post a Comment